धनकुटामा आज थप ९ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ५७
धनकुटा १९ भदौ , धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ९ जनामा संक्रमण पुष्टि भएको छ भने आज १२ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ । ४६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा र ८ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकिय अधिकृत बिक्रम लिम्बु द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यू हुनेको संख्या १२ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यू हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यू हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


