घरमा ढुङ्गा झर्दा बालकको मृ,त्यु

जाजरकोट, २१ भदौ । गएरातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिराबाट एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृ,त्यु भएको छ ।

बिहान ३ः०० बजे पहिरासहित आएको ढुङगाले ४६ वर्षीय गोरखबहादुर खड्का र उहाँकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते हुनुभएको छ ।

उहाँका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृ,त्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।

यो पनि पढ्नुहोस..

तम्घास, गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । दोहोलीका मनबहादुर घर्तीका छोरा विष्णु घर्ती गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरबाट साथीसँग खेल्न निस्किएका र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुर घर्तीले बताउनुभयो ।

उहाँले गाउँलेले सबै आफन्त र सम्भावित ठाउँमा छोरालाई खोजे पनि फेला नपरेको बताउँदै परिवारले आज इस्मा प्रहरी चौकीमा बालक हराएका बारेमा जानकारी गराएका छन् । विष्णुले सुन्तलादेवि निम्न माध्यमिक विद्यालय, नयाँ पोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए । गहुँगोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल लगाएको परिवारले जनाएको छ ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ । इस्मा प्रहरीचौकी इञ्चार्च प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएकाले खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।