सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण ः प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । उहाँले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित् गर्नु आवश्यक रहेको र पहुँच नपुगकाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालतर्फबाट स्वास्थ्यमन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गर्नुभएको छ । बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले नेपालमा एक करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको भन्दै आगामी असोज महिनाभित्रमा नै ३३ प्रतिशतलाई खोप लगाउने जानकारी दिनुभयो ।

विश्वस्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेद्रोस अधानोम घेब्रेसियसले कोभिड–१९ महामारीले अभैm पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पु¥याइरहेको बताउनुभयो । दक्षिण–पूर्वी क्षेत्रमा गत वैशाखमा सङ्क्रमणको सङ्ख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृ,त्युको सङ्ख्यामा कमी आएको देख्दा आफूलाई खुसी लागेको बताउनुभयो ।

“देशपिच्छे र ठाउँपिच्छे फरकफरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र सङ्ख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पताल भरिएको अवस्था छ” उहाँले भन्नुभयो,“हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनुहुँदैन ।”

क्षेत्रीय निर्देशक डा पुनम खेत्रपालले कोभिड–१९ ले हाम्रा स्वास्थ्य प्रणालीलाई निकै ठूलो क्षति पु¥याएको बताउनुभयो । उहाँले सबै स्वास्थ्य सेवा अवरुद्ध र स्वास्थ्यकर्मी गलेका भन्दै हाम्रा सामुन्ने बहुमुखी चुनौती रहेको धारणा राख्नुभयो ।

“हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिलाई पुनःप्राप्त गर्नु छ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीलाई पुनःनिर्माण गर्नुछ”, उहाँले भन्नुभयो । यही भदौ २५ गतेसम्म भर्चुअल रुपमा हुने बैठकमा यस क्षेत्रका सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र सङ्घीय निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको छ ।

नेपालले यस सम्मेलनदेखि आगामी एक वर्षका लागि समितिको अध्यक्षका रुपमा कार्य गर्ने छ । बैठकमा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य सङ्गठनका कार्यक्रम, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दामा गहन छलफल गरिने छ ।

यसका साथै नेपालले प्रस्ताव गरेअनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

बैठकमा समेटिएका ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी हुनुहुन्छ ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगको उन्मूलनलगायतका विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।