प्रदेश १ मा आज ४३९ जनामा कोरोना संक्रमण पुष्टि,८ को मृ त्यु

विराटनगर, २१ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ ।

१ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०–२०, अर्जुनधारा र भद्रपुरमा १७–१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३–३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २–२, बुढीगंगा र धनपालथानमा १–१, सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, बराहक्षेत्र र रामधुनीमा २–२, हरिनगरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३ र सुर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेहृथुमको म्याङलुङ र उदयपुरको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।