कप्तान किरण चेम्जोङ बने आईबी वर्ल्ड स्कुलको एम्बास्डर

काठमाडौं २३ भदौ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ) प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बास्डर बनेका छन् ।

बुधबार स्कुलले पत्रकार सम्मेलन गर्दै कप्तान किरणलाई एम्बास्डर घोषणा गरेको हो ।

कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा प्रमुख अतिथि थिए ।

किरणलाई प्रिमियर स्कुलका वसन्त थापाले ब्रान्ड एम्बास्डर घोषणासँगै सम्झौता पत्र प्रदान गरे ।

सन् २००८ मा मकाउविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका कप्तान किरण थ्री नेसन्स कपमा पूर्वकप्तान विराज महर्जनले संन्यास लिएपछि टोलीको नियमित कप्तान छन् ।

आइतबार मात्रै किरणले विराजको राष्ट्रिय टोलीबाट ७३ क्यापको कीर्तिमान तोडेका थिए । दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्ध खेल्दा किरणले सर्वाधिक ७४ क्याप खेल खेलेका हुन् ।

कप्तान किरणसहित नेपाली टोली साफ च्याम्पियनसिपकाे तयारीका लागि कतार यसै साता प्रस्थान गर्नेछ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖