एमालेलाई सभामुखले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ’

काठमाडौं, २३ भदौ/सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले ‘म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार छु । सदन चलाउन सहयोग गर्नुस्’ भनेर आग्रह गरेका हुन् ।

सापकोटाले आफूले संविधान नियम कानुनकाे बर्खिलाप केही नगरेको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेको स्पष्टीकरण दिए । त्यसकारण सदन सञ्चालन गर्न सहयोग गर्न पुन: अनुरोध गरे । पहिलो बैठकमा आक्रामक रुपमा नियमावलीतर्फ ध्यानाकर्षण गराएका सभामुख सापकोटाले दोस्रो बैठकमा विनम्रताका साथ प्रस्तुत भइरहेका छन् ।

उनले फेरि अनुरोध गरे, ‘माननीय सदस्यहरु तपाईंहरूका माग ध्यानाकर्षण भयो । अब सदन सञ्चालन गर्न दिनुस्।’-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।