विश्वकै लामो दाबी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुलको नाम राखियो ‘गोल्डेन बृज’

बागलुङ, २३ भदौ । विश्वकै लामो दावी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ ।

बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो ।

नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । मंगलबार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनोट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपैयाँ नगद राशी उपलब्ध गराउने घोषण गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।