एक्कासी काठमाडौंको सुरक्षा व्यवस्था किन कडा पारियो ?

काठमाडौं, २४ भदौ । राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् ।

नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल जाने कार्यक्रम छ । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।