प्रदेश १ मा आज ३९० जनामा कोरोना संक्रमण पुष्टि,६ को मृ त्यु

विराटनगर, २५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रंगेली, उर्लाबारी, जहदा र केराबारीमा १–१, झापाको विर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा १३, शिवसताक्षीमा १२, दमकमा ११, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा २–२, बुद्धशान्तिमा १, सुनसरीको इटहरीमा ५०, धरानमा ७, देवानगञ्ज र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, चौवीसे र पाख्रिबासमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणी, उदयपुरको बेलका र खोटाङको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।