साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै

चितवन, २७ भदौ । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो । कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा सङ्क्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो सङ्ख्या ४१ मा झरेको छ ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उहाँका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृ,त्यु भइसकेको छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताउनुभयो । साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो ।

क,ङ्काल भेटियो

पश्चिम चितवनका एक व्यक्तिको क,ङ्काल भेटिएको छ । भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर निवासी ५५ वर्षीय वसन्तमणि सुवेदीको क,ङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानीय दक्षिणकाली सामुदायिक वनमा निउरो टिप्न गएका सुवेदीको शनिबार क,ङ्काल भेटिएको हो । उनले लगाएको कपडा, टोपी, चप्पललगायतका कारण भेटिएको कङ्काल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।