बीपी प्रतिष्ठानका पदाधिकारीको कारबाही अगाडि बढ्यो, आन्दोलन फिर्ता लिनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २७ भदौ । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेकोले आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मागहरू पुरा भइसकेको र केही पुरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिन माग गरेको हो । मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानविन अगाडि बढाएको लगायतका ८ विषयमा विज्ञप्तिमा जानकारी दिएको छ ।

मन्त्रालयले भदौ २० गतेदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा अवरुद्ध रहेको भन्दै तत्कालै अवरुद्ध सेवा चलाउन गर्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । सरकारले छानबिन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

प्रतिष्ठान शुद्धीकरणको माग राख्दै तीन महिनादेखि आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधार लगायतका १२ बुँदे माग राख्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले एक महिनादेखि आन्दोलनरत जारी राखेका छन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति पनि गठन गरेको थियो । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖