यसरी प्रहरीले सार्बजनिक गर्यो ६ जनाको ह त्यामा संलग्न अभियुक्त कार्कीलाई
संखुवासभा, २७ भदौ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना ह त्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।
संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गर्न लागेको हो ।
व्यक्तिगत रि सइवीका कारण लोकबहादुरले सोमबार बिहा झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको ह त्या गरेका थिए ।
ह त्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन् ।न्युज कारखाना


