पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी

पोखरा, भदौ २७ । पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरि सुरु भएको छ । हिमालयन आँखा अस्पतालमा शनिबारसम्म ३० जनाभन्दा बढी विरामीले सापुको उपचार गराएका छन् ।

वर्षेनी ५० जना हाराहारीले यहाँबाट उपचार लिएका छन् । तर १० प्रतिशत विरामीको जटिल अपरेसन गरिएको चिकित्सकहरू बताउँछन् । ती विरामीको ज्योति फर्किने निश्चित छैन । केहीलाई धुलिखेल अस्पताल रिफर गरिएको छ भने अधिकांशको उपचार पोखरामै भइरहेको छ ।

२४ घन्टाभित्र उपचार नपाए विरामीको आँखा फर्किंदैन । सापु सार्ने पुतलीको शरीरमा बाक्लो झुस, शिरतिर तेर्साे र पखेटातिर ठाडो कालो धर्का हुन्छ । विशेषतः सेतो बत्तीमा यो बढी झुम्मिने भएकाले साँझतिर सेतो बत्ती नबाल्न विज्ञहरूले सुुझाव दिएका छन् ।

अस्पतालका चिकित्सक डा. इन्द्रमान महर्जन भदौको झरीपछि सेतो पुतली निस्किने गरेको बताउँछन् । ‘आँखा रातो हुने र कालो नानी सेतो हुन्छ । भदौको झरी सकिएपछि यो निस्किन्छ । भदौदेखि मंसिरसम्म रहन्छ,’ उनले भने, ‘सेतो बत्ती बढी मन पराउने गर्दो रहेछ । जाली लगाउने र रात धेरै परेपछि मात्रै बत्ती बाल्दा यो घरभित्र पस्न पाउँदैन ।’

यदि त्यस्ता पुतलीको झुससँग सम्पर्क भए तत्कालै अस्पताल जान उनको सुझाव छ । ‘जतिसक्दो छिटो उपचारमा पुग्नुपर्छ । नत्र आँखा नबँचेको उदाहरण पनि हामीसँग छ,’ उनले थपे, ‘बढीमा २-३ घन्टामा पुगिसक्नुपर्छ । अलि ढिलो गर्दा ज्योति सँधैका लागि गुमाउनुपर्छ ।’

आँखा दुख्ने र उज्यालोमा हेर्ने नसक्ने लक्षण सापुको हो । सापु संक्रमित आँखाको उपचारका लागि आँखामा पिप सुकाउने इन्जेक्सन लगाउने र पिप निकालेर फ्याँक्ने गरिएको महर्जनले बताए । केही वर्षअघिसम्म बच्चाहरूमा यो रोग देखिए पनि हिजाेआज वयस्कमा समेत रोग फेला परेको छ । सापुको जोखिम बढेपछि गण्डकी प्रदेशका अस्पतालमा कार्यरत डाक्टरहरूलाई यसको उपचारबारे तालिम दिइएको छ । सापु ०३२ सालमा पोखराबाटै उत्पत्ति भएको मानिन्छ । अहिले पोखरालगायत देशका विभिन्न ठाउँमा पनि यसको जोखिम बढेको विज्ञहरूको भनाइ छ ।

सरसफाइ र सावधानीका कारण बच्चाको तुलनामा वयस्कको उपचार सहज हुने चिकित्सक डा. हरिमाया गुरुङले बताइन् । अस्पतालका अनुसार अहिलेसम्म तीनजना विरामीको जटिल अपरेसन गरिएको छ भने पाँचजनाको आँखाको नानीभित्रै इन्जेक्जस लगाइएको छ । अरु भने आँखाको सेतो भागमा इन्जेक्सन लगाएर उपचार हुने गुरुङको भनाइ छ ।

सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात् सापु रोगको संक्रमण सेतो पुतलीबाट हुने र त्यसबाट जोगिन सरसफाइमा बढी ख्याल गर्नुपर्ने चिकित्सकहरूले बताए ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।