प्रदेश १ मा आज ३६६ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, २८ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ ।

९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बुढीगंगामा ७, सुन्दरहरैचामा ६, कटहरी र उर्लाबारीमा ३–३, पथरीशनिश्चरे र धनपालथानमा २–२, रतुवामाई र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ५०, धरानमा १७, रामधुनीमा ७, इनरुवामा ४, बराहक्षेत्र, देवानगञ्ज र दुहवीमा १–१, झापाको दमकमा १६, भद्रपुरमा १३, विर्तामोडमा ७, शिवसताक्षी र कमल गाउँपालिकामा ५–५, हल्दिबारी र मेचीनगरमा ३–३, गौरीगञ्जमा २, गौरादह, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, उदयपुरको चौदण्डीगढी, संखुवासभाको पाँचखपन र इलामको चुलाचुलीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २०३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।