१४८६ संक्रमित थपिए, १६ जनाको निधन

काठमाडौं, २८ भदौ/कोरोना भा इरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार २६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४० हजार ७१७ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९६५ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६९.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४७५ जना सघन उपचार कक्ष (आईसीयू), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेसन, एक हजार ६७२ जना संस्थागत आइसोलेसन र २६२ जना क्वारेन्टिनमा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।