ला,गुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना प,क्राउ
झापा, २०७८ भदौ २९ गते । झापाको बिर्तामोड-३ स्थितबाट ला,गुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना प,क्राउ परेका छन ।
प,क्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन ।
हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।
प,क्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत प,क्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।


