कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेनन्

चितवन, २९ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन् ।

कोभिड वार्ड हेर्दै आउनुभएका डा गुरुशरण साहले हालसम्म कोभिड वार्डमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सक र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आइरहेका छन् ।

यसैगरी नर्सिङ स्टाफले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उहाँहरुको छ । स्थानीय तहका कर्मचारीलेसमेत कोभिड भत्ता पाउने गरेको तर आफूहरुले जोखिम मोलेर काम गर्दासमेत भत्ता नपाएको गुनासो अस्पतालमा कार्यरत एक नर्सले बताउनुभयो । दूधे बच्चा घरमा छाडेर कोभिड वार्डमा काम गरे पनि राज्यले प्रोत्साहनस्वरुप दिएको भत्ता अस्पतालले रोकेको उहाँको आरोप छ ।

अस्पतालले गत बैशाखदेखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताउनुभयो । उहाँले अस्पतालको सञ्चालक समितिको बैठक बसेर आवश्यक निर्णय गरेपछि छिट्टै भत्ता वितरण गरिने बताउनुभयो । उहाँले बजेट पर्याप्त नभएका कारण एउटा मापदण्ड बनाएर वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कोभिडमा काम गरेका को हुन्, उनीहरुको तलब कति हो ? त्यसको अध्ययन भइरहेको कार्यकारी निर्देशक गौतमको भनाइ छ । नेपाल सरकारले तलबको पचास प्रतिशत भत्ता दिने निर्णय गरेको भन्दै उहाँले यस अस्पतालमा तलब धेरै भएका कारण सोही अनुपातमा भत्ता वितरण गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सरकारको तलब र हाम्रोमा पाउने तलब फरक छ । तलबको पचास प्रतिशत भत्ता दिँदा सरकारले दिएको बजेटले पुग्दैन ।” कति प्रतिशतका आधारमा दिने भन्ने निर्णय गरेपछि भत्ता वितरण गर्ने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।