प्रदेश १ मा आज ३९० जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा र उदयपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४४, लेटाङमा १६, पथरीशनिश्चरेमा १५, बेलबारीमा ९, उर्लाबारीमा ५, केराबारीमा ३, धनपालथान, कटहरी र रंगेलीमा २–२, बुढीगंगा, सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा २३, कनकाईमा १७, भद्रपुरमा १४, अर्जुनधारामा ११, शिवसताक्षीमा ९, दमकमा ७, मेचीनगरमा ६, हल्दिबारी, बाहृदशी र कमल गाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, गौरादह र झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ४३, धरानमा ९, इनरुवामा ३, हरिनगर, बर्जु, रामधुनी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, मांसेबुङमा २, चुलाचुली, देउमाई र रोङमा १–१, ताप्लेजुङमा २, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१, पाँचथरमा १, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।