खुर्सानीमा आत्मनिर्भर बन्दै बेलका

उदयपुर, ३० भदौ । उदयपुरको बेलका नगरपालिका अहिले खुर्सानीमा आत्मर्निभर बन्ने तयारीमा छ । खुसार्नीले बजार र मूल्य सहजै पाउन थालेपछि बेलका नगरपालिका-६ मा खुसार्नी खेती फस्टाउँदै गएको हो ।

नगरपालिका- ६ को देउरालीमा अकबरे खुर्सानीको चक्लाबन्दी खेती सुरु गरिएको हो । व्यावसायिक खुर्सानी खेतीमा किसान आकर्षित हुँदै गएपछि बेलका नगरपालिकाले बिउबीजन तथा प्राविधिक सहयोग गरेपछि यहाँका किसान खुर्सानीमा आकर्षित भएका हुन् ।

२१ घर धुरीले २० रोपनी क्षेत्रफलमा चक्लाबन्दी खुर्सानी खेती गरिरहेका छन् । अकबरे खुर्सानी उत्पादन गर्न मौसम प्रतिकूल रहने स्थान भएकाले किसानलाई तालिम प्रदान गरी खुर्सानीको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

लिबड सामर्थ्य परियोजनाअन्तर्गत कृषकलाई आवश्यक पर्ने प्राविधिक सहयोग, बिउबीजन, सिँचाइका लागि स्वाइल सिमेन्ट सिँचाइ पोखरी स्थापना गरेको वरिष्ठ कृषि प्राविधिक कार्तिकलाल चौधरीले बताए ।

खुर्सानी नगदे बाली भएकाले पनि छोटो समयमै कृषकले आम्दानी लिने हुँदा खुर्सानी खेतीमा किसान आकर्षित हुन थालेको बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले बताए । ‘उत्पादनमा हाम्रो साथ, बस्दिँन म खाली हात’ भन्ने नगरको नारालाई सार्थक बनाउन बेलका नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजनामा कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले हरेक वडामा पकेट जोन, सुपर जोनलगायतका कार्यक्रम संचालन हुँदै आएका थापाले बताए ।

कृषिमा आधुनिकीकरण गर्न किसानलाई तालिम, यन्त्र, उपकरण हस्तान्तरणलगायतको काम नगरले संचालन गरिरहेको छ । तरकारी तथा फलफूल नष्ट हुन नदिन बेलका नगरपालिकामा दुईवटा मिनी कोल्ड स्टोर संचालनमा रहेका र असोज अन्तिमसम्ममा निर्माण सकिने गरी ५०० टन क्षमताको कोल्ड स्टोर निर्माण भइरहेको थापाले जानकारी दिए ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।