स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध

कञ्चनपुर, ३० भदौ । स्वास्थ्यचौकीमा प्रसूति(सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।

घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई भत्तावापतको रकम दिँदै आएको छ ।

स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्तावापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

सो कार्यक्रमअन्र्तगत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकका लागि रु एक हजार दुई सय भत्तावापत रकम दिने गरिएको छ ।

सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर लुगासमेत दिने गरिएको छ । पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्यृदर शुन्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताउनुभयो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।