रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट

दाङ, ३० भदौ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्ष,ति गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिनुभयो । तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो ।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पु¥याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिनुभयो । पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए ।

एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् । सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।