एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

काठमाडौं, ३० भदाै । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २. अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, ९. विशेष कमिटीका पदाधिकारी र सदस्य, १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य, ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।