खोलाले ब,गाउँदा एक बालकको मृ,त्यु
बनेपा, ३० भदौ ।काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ ।
विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले ब,गाएर उनी बे,पत्ता भएको थियो ।
खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृ,त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । श,व परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।


