बैतडीका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

बैतडी, ३० भदौ । देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैतडीमा ६२ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पनि प्रमुख अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिमका कारण यसपालि होम सेन्टरमै परीक्षा सञ्चालन भइरहेका छन् ।”

परीक्षा केन्द्रमा स्यानिटाइजर र मास्कको अनिवार्य व्यवस्था गरिएको छ । त्यस्तै परीक्षार्थीबीच भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन भइरहेको छ ।

स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि तीन हजार सात सय डोज खोप पठाएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।