प्रदेश २ मा लाखौँ खर्चिएको ‘हेल्लो सिएम’एप प्ले स्टोरबाटै गायब

वीरेन्द्र रमण/जनकपुरधाम, ३१ भदाै । प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि भनेर सुरु गरेको ‘हेल्लो सिएम’एप प्रयोगविहीन बनेको छ ।
६ लाख खर्चेर एप बनाई पनि प्रदेश सरकारले कार्यक्रम नै अगाडि बढाएको छैन ।

११ कात्तिक २०७५ मा समुदा-प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए । तर त्यो एप गुगलको प्लेस्टोरबाटै हराएको छ ।

महिला हिंसामा परेको बखत एप डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए ।

सहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनका लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन् ।

इन्जिनियर आदित्य राजले ‘एप निर्माण गरे पनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा प्रयोग विहीन बनेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।