ट्रक दु,र्घटनामा वडा सदस्यको मृ,त्यु
टिस्टुङ, ३१ भदौ ।गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दु,र्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृ,त्यु भएको छ ।
पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दु,र्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो ।
ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घ,टनास्थलमै मृ,त्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ थियो ।


