प्रदेश १ मा आज ४८८ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, ३१ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।

झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाहृदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२, मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १–१, सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १–१, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।