धनकुटामा आज थप ६ जनामा संक्रमण पुष्टि,१२ संक्रमण मुक्त
धनकुटा,१ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरेको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ६ जनामा संक्रमण पुष्टि भएको छ भने आज १२ जना कोरोना संक्रमण मुक्त भएको जनाईएको छ ।
३४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा र ७ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकिय अधिकृत विक्रम लिम्बु द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
यसै गरि जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १२ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


