खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पुष्टि भएको छ । शुक्रबार दुई जनालाई डेंगु पोजिटिभ पुष्टि भएको सुपरिटेण्डेण्ट डा. मल्लिकले बताए ।

संक्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले ३० भदौमा अन्यत्र रेफर गरेको थियो । डेंगुका दुई जना बिरामी भने हाल जिल्ला अस्पतालमै उपचाररत छन् । अन्य बिरामी भने घरैमा उपचारमा रहेको डा. मल्लिकले बताए । साकेला गाउँपालिकामा पनि डेंगुका बिरामी भेटिएको जनाइएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।

के हो डेंगु ज्वरो ?

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । डा. मल्लिकका अनुसार ५–७ दिनसम्म एक्कासी उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच/छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या डेंगुको लक्षण हुन् ।

‘डेंगु ज्वरोको खास उपचार छैन । यसको लक्षण अनुसार उपचार गर्नुपर्ने हुन्छ,’ डा. मल्लिकले भने, ‘लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुल प्रयोग गर्ने उपाय अपनाएर डेंगुबाट बच्न सकिन्छ ।’

डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भए पनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने लगायतका लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।