प्रदेश १ मा आज थप २१६ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा १९, विर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा १–१, मोरङको विराटनगरमा १५, बुढीगंगामा ३, उर्लाबारीमा २, कटहरी र सुनबर्षीमा १–१, इलामको इलाम नगरपालिका, सुर्योदय र माईमा २–२, धनकुटाको धनकुटा नगरपालिका छथरजोरपाटी र पाख्रिबासमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४० महिला र १४० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।