स्थानीयवासी एक परिवारले रु एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान

चितवन, ३ असोज । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् । समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गर्नुभएको हो । वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित मूल्य रु एक करोड ५० लाख गर्ने जनाइएको छ ।

लायन्स क्लब अफ चितवन इस्टको व्यवस्थापनमा सञ्चालन हुने गरी विसं २०६५ देखि पर्सामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्र स्थापनाकालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । बिरामीको चाप बढ्दै गएसँगै आँखाको शल्यक्रियासहित अतिरिक्त सेवा प्रदान गर्न सहज होस् भनेर जग्गा उपलब्ध गराइएको हो । क्लबका पूर्वअध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार सो जग्गा सङ्घका नाममा मालपोत कार्यालय खैरहनीबाट रजिष्टेसन गरिएको छ ।

सो जग्गामा आधुनिक भवन निर्माण गरी जनकबहादुर पाण्डे मेमोरियल आँखा उपचार केन्द्रको नामबाट सञ्चालन गर्नेगरी आवश्यक प्रक्रियासमेत अघि बढाइसकिएको उहाँले जानकारी दिनुभयो । लायन्स क्लबका पूर्वअध्यक्ष भीमबहादुर पाण्डेको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । पाण्डेले पहिलो तल्ला आफ्नै परिवारका नाममा बनाइदिने घोषणासमेत गर्नुभएको सिलवालले जानकारी दिनुभयो ।

भवन निर्माणपछि सो केन्द्रलाई शल्यक्रियासहित हुने गरी फेको सेन्टरका रुपमा विकास गर्ने तयारी गरिएको छ । सिलवालका अनुसार माथिल्ला तल्ला बनाउनका लागि पनि दाता इच्छुक देखिएकाले छलफल भइरहेको छ । केन्द्रमा हाल दैनिक ३५ हाराहारीले सेवा लिइरहेका छन् । बढी बिरामी भएका दिन यो सङ्ख्या ६५ पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल मुख्य रहेको छ भने सेकेन्डरी क्लिनिकका रुपमा ठोरी र कावासोतीमा शल्यक्रियासहितको सेवा दिइँदै आएको छ ।

त्यसैगरी केन्द्र माडी, पर्सा, रत्ननगर, चनौली र कुरिनटारमा सञ्चालनमा रहेको छ । अन्य जिल्लामा सिन्धुलीको दुधौली, धादिङको सल्यान्टरा, बाराको सिम्रनगढ, नवलपुरको हुप्सिकोट र चोरमारामा पनि केन्द्र रहेको छ ।

भरतपुरको उकालोमा सिटी क्लिनिक रहेको छ । यही १० गते धादिङको बेनिघाटमा केन्द्र सञ्चालनमा ल्याइँदै छ । अस्पतालले एक वर्षमा दुई लाख हाराहारी बिरामीलाई सेवा दिँदै आएको छ । यही अस्पतालको फेको सेन्टरका रुपमा पर्सालाई विकास गरिँदै छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖