अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने

काठमाडाँै ३ असोज ।आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेल खेल्नेछन्। नेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ ।

घरेलु टोली ओमानविरुद्धको पहिलो खेल गुमाएको नेपाल त्यसको बदला लिँदै सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।

त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।