प्रदेश १ मा आज ३१३ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इलाममा ८, धनकुटा र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २७, कनकाईमा १९, विर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बेलबारी, बुढीगंगा र लेटाङमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ६५, बराहक्षेत्रमा ४, रामधुनीमा २, गढी र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ६, देउमाई र सुर्योदयमा १–१, धनकुटाको चौवीसेमा २, महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११२ महिला र १३५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।