धनकुटामा आज ६ संक्रमणमुक्त , सक्रिय संक्रमितको संख्या २९
धनकुटा,४ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज शून्य जनामा संक्रमण पुष्टि भएको छ भने आज ६ जना कोरोना संक्रमण मुक्त भएको जनाईएको छ ।
२० जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ द्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १२ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


