महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित

पाल्पा, ५ असोज । तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास सङ्घले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर व्यवस्थापन, प्राविधिक सहयोग र अनुदान प्रदान गरिएको छ ।

महिलालाई समूहमा आबद्ध गरी दुईदेखि पाँचसम्म बाख्रा उपहारस्वरुप वितरण गरिएको छ। तानसेन–५ अर्चलेका कविता गैरे रावलले बाख्रापालन तालिममा सहभागी भएको बताउनुभयो।

आदर्श स्वालम्बन महिला समूहमा आवद्ध महिलालाई बाख्रा प्रदान गरिएको हो । आर्थिक रुपमा कमजोर परिवारका महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी भएको बताइएको छ । ।

तानसेन नगरपालिकाका वडा नं १, ८, ९, १०, ११, १२ र १३ लाई बाख्रा पकेट क्षेत्रका रुपमा विस्तार गरिइएको छ । नगरपालिकाभित्रका ६२ महिला समूहलाई एक हजार २०० बाख्रा र ७५ बोयर बोका प्रदान गरिएकोमध्ये हाल एक हजार ५०० बाख्रा थप उत्पादन भएको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो।

नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाउन थालिएको बताउनुभयो । विदेशबाट फर्केका र बेरोजगार युवालाई ज्ञान सीप र क्षमता अभिवृद्धिसँग बीउ पूँजीको सहयोगमार्फत कृषि र पशुपालनलगायतका उत्पादनका क्षेत्रमा आकर्षित गरिएको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख लक्ष्मीदेवी पाठक र प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले स्थानीय स्रोतसाधनको परिचालन गरी उत्पादनमुखी काम गर्न युवाको थप आकर्षण हुनुपर्ने बताउनुभयो । हेफर परियोजनाका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले जिल्लाका आठ स्थानीय तहमा कृषि र पशुपालनका क्षेत्रमा काम भएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।