मुख्यमन्त्री ले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह

चितवन, ५ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिनुभयो । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाक्यले भन्नुभयो,“सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या आएको छ ।” प्रदेशका १३ जिल्लामा रहेका अस्पतालमा पिसिआर मेसिन र अक्सिजन प्लान्ट सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपाल कर्माचार्यका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल, सामाजिक विकासमन्त्री विजय सुवेदी, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका विषयमा जानकारी गराउनुभएको थियो । विसं २०२४ मा हेल्थपोष्टबाट सुरुआत भएको सो अस्पताल अहिले प्रादेशिक ५० श्ययाको स्वीकृत भए पनि ४३ श्यया मात्रै सञ्चालन गर्नु परेको उहाँले गुनासो गर्नुभयो । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीसहित १२० कार्यरत रहेको भए पनि दरबन्दी भने २५ जनाको मात्रै रहेको उहाँले बताउनुभयो । अहिले सो अस्पतालले मनोरोग बाहेक अन्य रोगको विशेषज्ञ सेवा दिंदै आएको छ । (तस्वीर उपलब्ध छ ।)

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।