क्रान्तिकारीको सम्मेलन सर्यो

काठमाडौँ, ५ असोज । अनेरास्ववियु (क्रान्तिकारी)को २२आँै राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताउनुभयो । आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

क्रान्तिकारीको अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन र ६० वटा मात्र जिल्ला सम्मेलन भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने राष्ट्रिय सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुनेछन् । बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा हुनेछ ।

यसअघि क्रान्तिकारीले भदौ २६ मा विधान सम्मेलन गरेको थियो । विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति हुने निर्णय गरेको थियो । २०७४ सालमा क्रान्तिकारीको २१ औँ सम्मेलन भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।