धनकुटामा आज थप १ मा संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या २७
धनकुटा,६ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १.१५ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज १ जनामा संक्रमण पुष्टि भएको छ भने आज ५ जना कोरोना संक्रमण मुक्त भएको जनाईएको छ ।
१७ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १२ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


