आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको ; शङ्कर पोखरेल

राँझा, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ ।

नेकपा ९एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गर्नुभयो । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

गलकोट,बागलुङमा गण्डकी प्रदेशअन्तर्गतको सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । कार्यालयको गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आज उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री श्रेष्ठले सरकारले प्रदेशका ११ जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले नागरिक र सरकारको दूरी कम गर्न आफुनो भूमिका रहने बताउनुभयो । “मन्त्रालयले जनताको सुख, दुःख, ज्येष्ठ नागरिक, अपाङ्ग तथा मजदुरको पक्षमा काम गर्न कार्यालय स्थापना गरेको हो”, मन्त्री श्रेष्ठले भन्नुभयो।

मन्त्री श्रेष्ठले कर्मचारी स्थायी सरकार भएका कारण सरकारले योजना निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्न सकेमा मात्रै सरकारको काम देखिने बताउनुभयो ।

पुरानो शिक्षा कार्यालयको एक भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बरबहादुर जिसीले जानकारी दिनुभयो । कार्यालयमा १२ जनाको दरबन्दी रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।