गणकलाई फाराम भर्न समस्या

सिमकोट, ६ असोज । हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुआत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ ।”

यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ । सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फाराम भर्ने जनाइएको छ । उहाँले भन्नुभयो, “हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ ।”

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी दुईजनासँग मात्रै सम्पर्क भइरहेको छ ।” विसं २०६८ को जनगणनाअनुसार जिल्लाभर घरपरिवारको सङ्ख्या नौ हजार ४७९ र जनसङ्ख्या ५० हजार ८५८ रहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।