सर्पले ड,स्दा एकै परिवारका दिदीभाइको मृ,त्यु
राजविराज, ६ असोज । सप्तरीमा विषालु स,र्पले ड,स्दा एकै परिवारका दिदीभाइको मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् ।
घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृ,त्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिनुभयो।
राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।


