४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु

चरीकोट, ६ असोज । दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको यही असोज ४ गते बसेको बैठकले आजदेखि ११ गतेसम्म जिल्लाका सबै पालिकाका खोप केन्द्रमार्फत खोप लगाउने निर्णय भएको थियो ।

चीनसँग सिमाना जोडिएको जिल्लाको गौरीशङ्कर र विगु गाउँपालिका सबै नागरिहरुलाई चीनले खोप उपलब्ध गराउने भएपछि सहज भएको छ । ती गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइएको छ भने १८ वर्ष पूरा भएका खोप लगाउन बाँकीलाई सरकारी कागजातसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन पालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

कालीञ्चोक र मेलुङ गाउँपालिकामा आजदेखि ८ गतेसम्म, विगु र वैतेश्वर गाउँपालिकामा ७ देखि ९ गतेसम्म, तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा ८ देखि १० गतेसम्म, जिरी र भीमेश्वर नगरपालिकामा १० गते र शैलुङ गाउँपालिकामा ९ देखि ११ गतेसम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षित वर्गअन्तर्गत १८ वर्ष पूरा भएका सबै विद्यार्थीलाई समेत खोप लगाइन छुटेका विद्यार्थीहरुलाई उमेर खुल्ने सरकारी कागजसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको छ । यसअघि प्राप्त खोप लक्षित वर्गअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायीहरु, जनप्रतिनिधि, सरसफाइकर्ता तथा सवारी चालकहरुलाई लगाई सकिएको छ ।

पछिल्लो समय जिल्लाकासङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । जिल्लामा १०१ सक्रिय सङ्क्रमित छन् भने तीन हजार ४६० निको भइसकेको छ । जिल्लामा आठ पुरुष र पाँच महिला गरी १३ को ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।