जिपको ठ,क्करबाट घा,इते भएका एक पुरुषको उपचारका क्रममा मृ,त्यु
उदयपुर, ७ असोज । बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घा,इते भएका एक पुरुषको उपचारका क्रममा मृ,त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट ग,म्भीर घा,इते भई उपचारका क्रममा मृ,त्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।
बलेरोको ठक्करबाट घा,इते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।


