रसुवागढीबाट चीनमा निर्मित सवारी साधन भित्रने क्रम बढ्दै

ज्ञानेन्द्र न्यौपाने ,रसुवा, ७ असोज । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारी साधन भित्रने क्रम बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म ट्रक डम्फर ३५, मिनि बस छ, माइक्रोबस १६, कङ्क्रिट मिक्सरलरी तीन, डेलिभरी भ्यान दुई, ठूलोक्रेन एक, ब्याट्रीबाट चल्ने विद्युतीय कार चार, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर चार, ट्रक छ र साइकल ३६ आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारीदिनुभयो ।

गत आवमा रसुवागढी नाकाबाट साना– ठूला गरी ५६८ सवारी साधन स्वदेश भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात भारी मात्राले बढ्ने सङ्केत देखिएको हो । कोभिड रोगको सङ्क्रमण बढेसँगै चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ सवारी चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको सो कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताउनुभयो ।

निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले जनाएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्युटरका पार्टस, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् ।

यस्तै बडादशैँ नजिकिँदै व्यवसायीले स्याउ आयातमा समेत तिव्रता दिन थालेका छन् । यही असोज १ गतेदेखि आजसम्म २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सवै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।

उत्पादक कम्पनीलाई समान माग गरेपश्चात् छिटो छरितो तवरले चिनियाँँ मुसा टासपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको बताइन्छ । चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।

रसुवामा प्राय सवै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दाे हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगि रहेको भन्सार कार्यालयले जनाएको छ ।

कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनको लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारीदिनुभो । अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालबाहक सवारी साधन पार गराउन तीन दिन लाग्ने समस्या भइरहेको बताइन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।