पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिए

काठमाडौँ, ७ असोज। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ ।

योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ७४३ जना छन् । त्यस्तै ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । अहिले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होमआइशोलेसन, एक हजार ३३४ संस्थागत आइशोलेसन र २४६ जना क्वारेन्टिनमा छन् ।

आज एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖