प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ

दमौली, ७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पु¥याइने बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताउनुभयो । “एक घर ः एक धारा अभियानअन्तर्गत सरकारले हरेक जनताको घरधूरीमा खानेपानी सुविधा पु¥याउँछ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य धु्रव वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले सो कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु ४४ लाख, म्याग्दे गाउँपालिकाले रु २५ लाख लगानी गरेको छ भने स्थानीयवासीले रु ११ लाखको साझेदारी गरेका छन् ।

डिप बोरिङ प्रणालीबाट १४६ घरधूरीका ८०० उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी सुविधा नहुँदा पंधेरा र कुवाबाट पानी ल्याउन बाध्य यहाँका स्थानीयवासी घरघरमै पानी आएपछि खुशी भएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖