जङ्गली जनावारको त,स्करी गरी बिक्री वितरण गर्ने गि,रोहविरुद्धमा प्रहरी आ,क्रमकरूपमा

जाजरकोट, ८ असोज । गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ ।

चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले एकवर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम सुरु गर्नुभएको थियो ।

वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ । मोटरसाइल ३८ र एक जीप बरामद गरी रु एक करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ । चोरी पैठारी गरिएकामध्ये एक जीप र आठ मोटरसाइकल कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ ।

त्यस्तै १२ चो,रीका मोटरसाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ । चार मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ । चौध मोटरसाइलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चो,री पैठारी गरेर सवारी साधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी जनताको जीउधनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावर रेडपाण्डालगायतका ज,ङ्गली जनावारको त,स्करी गरी बिक्री वितरण गर्ने गि,रोहविरुद्धमा प्रहरी आ,क्रमकरूपमा लागेको छ ।

ला,गुऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ । झुट्टा मुद्दा लगाउने, रकम असुल्नका लागि गरिने सबैखालका गलत क्रियाकलापप्रतिसमेत प्रहरी सचेत भएर लागेको थापाले बताउनुभयो । गुनासो आउनबित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्बोधन भएको उहाँले बताउनुभयो । छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापकरूपमा खटिएको प्रहरीको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖