आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने;मुख्यमन्त्री पोखरेल

नवलपुर, ८ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको सम्वद्र्धन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले कला र संस्कृति संरक्षणका लागि प्रदेश सरकारले योजना बनाइरहेको उल्लेख गर्दै कलाकारलाई प्रोत्साहन गर्न आफू तत्पर भएको बताउनुभयो । “तपाई कलाकारले योजना ल्याउनुस्, प्रदेश सरकारको तर्फबाट पूर्णरुपमा सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “सरकारले कलाको संरक्षणका लागि विशेष कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।” चित्रकलाका लागि नवलपुर उर्बर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नवलपुरका कलाकारले चित्रकलामार्फत अन्तर्राष्ट्रियरुपमा देशको नाम उँचो राख्न सफल भएको स्मरण गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले नेपालमा प्रजातन्त्र आएपछि कलाका सबै विधामा एकखालको प्रतिस्पर्धा भएको भन्दै सबैले आफूलाई अगाडि बढ्ने जमर्को गरेका बताउनुभयो । “चित्रकलाको आफ्नै खालको महत्व छ, यसमा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “हाम्रो शिक्षा तथा संस्कृति मन्त्रालयमार्फत हामीले प्रदेशभित्रका कलाकार, यहाँका संस्कृति, परम्परा सबैलाई संरक्षण गर्ने भन्ने एउटा कार्यक्रम पनि छन्, ती कार्यक्रममा कतै समायोजन गरेर तपाईहरुलाई सहयोग गर्नेछौँ, बसेर छलफल गर्नुपर्छ ।”

हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावति आर्ट काउन्सिलको आयोजनमा आजदेखि सुरु भएको चित्रकला प्रदर्शनीमा असोज २२ गतेसम्म चल्नेछ । प्रदर्शनीमा १७ चित्रकारका ५२ वटा कलाकृति राखिएको हामी कलाकारका अध्यक्ष भीम शर्माले जानकारी दिनुभयो । उहाँले प्रजातन्त्र आए पनि कला विकास तथा विस्तारमा राज्यको चासो पुग्न नसकेको दुखेसो पोख्नुभयो ।

कोभिड–१९ का कारण बनेका अधिकांश चित्रहरु बिक्रीवितरणमा समस्या हुँदै आएका कलाकारको गुनासो छ । प्रदर्शनीमा राखिएका चित्रमा सबै धर्म समान भन्ने भाव जनाउन एउटै चित्रमा हिन्दू, बौद्ध, इसाई र क्रिचिस्यन धर्मावलम्बी झल्किने आकर्षक चित्रसमेत कोरिएको छ ।

कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि चालिसेलगायतले चित्रकला प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।