पाख्रीबासमा ४५ बर्ष भन्दा माथिका बॉंकी सबैलाई कोरोना विरुद्दको खोप लगाइने
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गत भदौ १५ र १६ मा भेरोसेलको पहिलो मात्राको खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाइने भएको छ ।
त्यसैगरि १८ बर्ष भन्दा माथि उमेर समूहका खोप लगाउन छुटेका बिद्यार्थीलाई पनि खोप लगाइने जनाइएको छ ।
साथै उमेर समूह ४५ बर्ष भन्दा माथिका खोप लगाउन बॉंकी सबैलाई र खोपको उपलब्धताको आधारमा ४४,४३,४२,४१ उमेर समूहकालाई पनि क्रमश: खोप लगाइने पाख्रीबास आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर अंकित शर्माद्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ ।



