सवारी साधन व्यवस्थापन गर्न ट्राफिक सचेतना

गोदावरी ८ असोज। चाडबार्डका बेला यहाँका यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।

अन्य समयभन्दा चाडबाडका बेला सवारी दु,र्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्ष गर्दै यो कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम कँडेलले सवारी चालकलाई सावधानीपूर्वक सवारी साधान चलाउन लागि आग्रह गर्नुभयो ।उहाँले चाडपर्वका बेला सम्भावित दु,र्घटना हुन नदिन सवारी साधन चलाउनु अघि तिनको अवस्था जाँच गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारी साधनको अवस्था तथा यात्रुको चाप नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणका उपायबारे बेलाबखत जानकारी गराउनुपर्नेमा सुझाएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।